Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिने ५ जना पक्राउ - Brighter Khabar


पोखरा , वैशाख २४ गते ।  सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सर्वसाधारण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने ५ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो  । 

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ डिहिकोपाटन बस्ने वर्ष २६ का सन्तोष श्रेष्ठ  ,  पोखरा  वडा नं. ६ लालुपाते मार्ग बस्ने वर्ष २५ का मीन प्रसाद पौडेल ,  वर्ष ३१ को धनदेउ क्षेत्री ,  खहरे चोक बस्ने वर्ष २५ का सुशान्त क्षेत्री र  हल्लन चोक बस्ने वर्ष २५ का अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले जिरो किमी, लेकसाईड, हल्लन चोक लगायतका क्षेत्रमा सर्वसाधारण नागरिक तथा विदेशी पर्यटकहरूलाई सास्ती  दिने गरेका थिए  ।

उनीहरूलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा  दश दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom