Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार दिसो दुई महिलाको हत्या, हत्याको आशंकामा एकजना पक्राउ - Brighter Khabar


वैशाख ३०, दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो ।


हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।


प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा भएको हत्याको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घट्ना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom