Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना - Brighter khabar


 जेठ १७ गते । काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको बस  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 

लेवाडेमा सडकको दायाँ साइडतर्फ नालामा पल्टिँदा बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् । 

घाइते भएका  म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी र सोही जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर १ निस्कोटका ४५ वर्षीय प्रेम पुनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै बसका चालक पर्वतको जलजला गाउँपालिका वडा नं.८ बस्ने वर्ष ३६ का बलबहादुर फगामी मगरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । 


मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा र दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीलाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । सोही दुर्घटनामा घाइते दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।


मङ्गला गाउँपालिका १ सिमह बस्ने वर्ष ५७ की हरि केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom