Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्वतन्त्र पत्रकार सङ्घ कास्की र हेम्जा साहित्य प्रतिष्ठानको सहकार्यमा उद्घोषण तालिम सम्पन्न - Brighter Khabar


पोखरा -  स्वतन्त्र पत्रकार सङ्घ कास्कीको सहकार्य र हेम्जा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम सञ्चालन एवम् अभिव्यक्ति कला केन्द्रित उद्घोषण तथा भाषण कला प्रशिक्षण सम्पन्न भएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर २५ मा अवस्थित हेम्जा बोर्डिङका माध्यमिक तहका विद्यार्थीहरू बिच सो कार्यक्रम सम्पन्न भएको हो  ।  

हेम्जा साहित्य प्रतिष्ठानको रजत जयन्ती विशेष अन्तर्गतको  २१ औँ कार्यक्रमका रूपमा संस्थाका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा विद्यालयको सभा हलमा उक्त भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 


उक्त कार्यक्रममा ब्राइटर मिडिया नेटवर्क प्रा.ली.का सम्पादक/ प्रकाशक तथा उद्घोषण प्रशिक्षक  डिआर काफ्ले , खोज मिडियाका संवाददाता कृष्ण रानाभाट , सञ्चारकर्मी प्रितम सेन ठकुरी ,कृष्ण क्षेत्री लगायतले  सहजीकरण गरेका थिए । 

प्रतिष्ठानका सल्लाहकार केशव शरण पौडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नारायणी बस्नेतले स्वागत गरेकी थिइन् । 

प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले सञ्चालन गरेको उक्त कार्यक्रममा ७० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom