दुर्घटनामा परि १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका चार जनालाई धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान पठाइएको प्रहरी नायब उपरिक्षक महर्जनले जानकारी दिनुभयो ।
अन्य १५ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा छथर जोरपाटी गाउँपालिका ५ का ६० वर्षिय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका ४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षिय रेगिन्द्र अधिकारीलाई थप उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
चालकले इन्जिन चालु अवस्थामा ट्रयाक्टर रोकेर पिसाब फेर्न गएको बेला एक जना यात्रुले ट्रयाक्टर चढ्दा गियर समाएर चढ्न खोज्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ ।