Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुटरलाई जोगाउँदा टुरिस्ट बस घरको छानामाथि खस्यो , २५ जना घाइते - Brighter Khabar


जेठ १७,  सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छ्न ।


बिपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका-७, तल्लो बारा भन्ने स्थानमा बस दुर्घटना बसमा सवार २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।


महोत्तरीको बर्दिबासबाट काठमाडौतर्फ आउँदै गरेको ००१ प १७३२ नम्बरको पर्यटकीय बस दुर्घटना हुँदा घाइते भएका सबैलाइ खुर्कोटस्थित शुभ जीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द काफ्लेले जानकारी दिनुभयो ।


उहाँका अनुसार बसमा ग्लोबल आईएमई बैंकका कर्मचारी रहेका थिए ।


बर्दिबासस्थित बैंकको तालिममा सहभागी भएर फर्कने क्रममा दुर्घटना भएको हो ।


घुमाउरो सडकमा विपरित दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको स्थानीयको अनुमान छ ।


बस सडकबाट करिब २५ मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom