Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चरेर आएपछि आँगनमा राखेको कुँडो खाएका २१ वटा बाख्रा मरे - Brighter khabar

 

मकवानपुरको थाहा नगरपालिकाको वडा न ४ रुप्से, थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्रा मरेका छन् ।


मंगलबार चरेर आएपछि बाख्राले आँगनमा राखेको कुँडो खाएका थिए । कुँडो खाएपछि बाख्रा एकाएक ढल्न थालेको स्थानीय अमृत थिङले बताउनुभयो । अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङले पाल्नुभएको ४ वटा बाख्रा मरेका छन् ।


अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रो सहित ३ वटा खसी, २ वटा बोका र ४ वटा पाठापाठी मरेका छन् भने छिमेकी दुधमाया थिङको माउ बाख्रा २ वटा र पाठापाठी २ मरेका छन् ।


कुँडो खाएका बाख्रा मात्रै मरेका कारण कुँडोमा विष या रसायनिक मल परेको हुन सक्ने ४ नम्बर वडाका पशु प्राविधिक रुपेश कुमार मिश्रले बताउनुभयो ।


बाख्रा मरेको कारण पत्ता लगाउन पशु केन्द्रिय प्रयोगशाला त्रिपुरेश्वरमा पोस्टमार्टमको लागि पठाइएको उहाँले बताउनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom