Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साथीहरू सँग खोलामा पौडी खेल्न गएका राजीवको डुबेर ज्यान गयो -Brighter khabar


जेठ १०, पाल्पामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देही हिलपार्कका १७ वर्षीय राजिव लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।


चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएकामध्ये राजिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार पौडी खेलीरहेका चार जनामध्ये राजिव बेपत्ता भएका थिए ।


खोलामा बेपत्ता भएसँगै प्रहरीलाई खबर गरिएको थियो। झन्डै तीन घण्टा खोजी कार्य गर्दा उनको शव फेला परेको प्रहरीको भनाई छ । अन्य तीन जनालाई सकुशल उद्दार गरी घटनाबारे थप अनुसन्धान जारी रहेकोे प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom