Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुटर दुर्घटनामा परी टाउकोमा चोट लागेका केशवको ज्यान गयो - Brighter khabar


 मकवानपुर बागमती गाउँपालिका –४ सादेपुलस्थित धरान चतरा सडक खण्डमा बुधबार ना. ६६ प ९३०३ नम्बरको स्कुटी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


हेटौँडा उपमहानगरपालिका –१३ को वर्ष  ४५ का केशवप्रसाद मुडभरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


दुर्घटनामा परी अनुहार र टाउकोमा चोट लागेका मुडवरीलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा राति २१ः०० बजे उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । 


यसैबिच इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडकखण्डमा ना ७ त २२५९ नम्बरको रड बोकेको ट्याक्टर रोकी राखेको अबस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रहरीले ट्याक्टर चालक फरार रहेकाले खोजतलास र घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom