Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको ज्यान गयो - Brighter khabar

 

वैशाख ३१ गते । दैलेख – दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया  कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् । 


 रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतक दुई जनालाई दुल्लु अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्समार्फत सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो । 


गएको आइतबार दुल्लु नगरपालिका–६ धाडा जङ्गलमा  भएको ट्र्याक्टर दुर्घटनामा ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom