Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुन–चाँदीका गरगहना र नगद चोरी गर्ने छ जना पक्राउ - Brighter Khabar


प्रहरीले चोरी कार्यमा सङ्लन्न छ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ललितपुर क्षेत्रमा चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका हुन्। 


२०८१ वैशाख ७ देखि ९ गतेको बिचमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकानास्थित नवराज गुरुङको घरबाट अपरिचित व्यक्तिले सुन–चाँदीका गरगहना, नगद तथा आइफोन लगायतका धनमाल चोरी भएको घटना सम्बन्धमा अनुसन्धान हुँदा स्थायी घर रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौसरा भई हाल ललितपुरको खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र सोही ठेगाना भएका धनलाल थापा मगर बिहीबार पक्राउ गरेको थियो।


उनीहरूमाथि थप अनुसन्धान हुँदा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नंं ६ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने अन्दाजी वर्ष २८ का सुवास सुनार र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ५ मूलपानीस्थित सुनचाँदी पसल सञ्चालन गरी बस्ने अन्दाजी वर्ष ४१ को रेशक विक पक्राउ परेको प्रहरीले जनाएको छ।


चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ स्थायी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २२ न्यूरोड ताम्राकार कम्प्लेक्सस्थित सेल फोन रेस्क्यु सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र सप्तरी स्थायी घर भई हाल कलङ्की बस्ने २२ वर्षीय मोहम्मद समीरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


उनीहरूसहित सुन जस्तो देखिने पहेँलो धातुको सिक्री, रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने रानीहार धातु, विभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको चोक्कर, पेण्डल, चन्द्रहार, लकेट, पाँचगेडी, चन्द्रमा, सानो ठुलो तिल्हरी, झुम्का, टप, नथ्थीसहित नेपाली रुपियाँ र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom