Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टाटा कार सडकबाट पाँच सय मिटर तल खस्दा दुईजनाको ज्यान गयो एक घाइते - Brighter khabar


जेठ ५, मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । 

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom