Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खोलामा माछा मार्न लगाएको करेन्ट आफैँलाई लागेपछि - Brighter khabar


जेठ ४ गते । जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।


ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा शेर्पाको घटना स्थलमा नै मृत्यु भएको चिचिला गाउँपालिका २ का वडा ध्यक्ष दिनेशकुमार राईले जानकारी दिनुभयो । 


शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom