जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आइतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी ८ की एक महिलाको ज्यान गएको जानकारी दिनुभयो ।
प्रनाउ डाँगीका अनुसार राप्तीसोनारी ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन जानुभएकी ४० वर्षीया पुतला खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको हो ।
उहाँसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला पनि सामान्य घाइते भएको उहाँले बताउनुभयो । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको उहाँले जानकारी दिनुभयो ।