Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नाबालिका बलात्कार गरेको आरोपमा ४५ वर्षीय सोडारी पक्राउ - Brighter Khabar


जेठ १८ गते । गोरखामा नाबालिका बलात्कार गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ बस्ने ४५ वर्षीय भगीरथ भन्ने कृष्ण प्रसाद सोडारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार २०८१ जेठ १६ गते बुधबार बेलुका साँढे ५ बजेको समयमा वर्ष १६ की नाम परिवर्तित ध कुमारीलाई एक्लै बारीमा घाँस काट्दै गरेको अवस्थामा बलजबस्ती समाती बारी नजिकै रहेको गोठमा लगी डर त्रास तथा धाक धम्की देखाई जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आफन्तको जाहेरी दरखास्तको आधारमा बलात्कारी आरोपी कृष्ण प्रसाद सोडारीलाई बिहीबार भीमसेन थापा गाउँपालिकाबाट पक्राउ गरिएको हो । 


पक्राउ परे लगत्तै बलात्कारी आरोपी भगीरथ भनिने कृष्ण प्रसाद सोडारीलाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बिहीबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom