Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक - Brighter Khabar


वैशाख २८ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।


मन्त्री शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०, २४, ३१२ (करिब एक अर्ब २० करोड रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


यसैगरी, इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपियाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै बैठकले अन्य २५ वटा निर्णय गरेको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom