Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा अमरसिंह चोकमा एक महिलालाई बस भित्र लगेर जबरजस्ती गर्ने ३ जना पक्राउ - Brighter Khabar


पोखरा, वैशाख २७ गते ।  पोखराबाट जबरजस्ती करणी सम्बन्धी  सामूहिक मुद्दामा ३ जना पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका वडा नं. १० अमरसिंह चोकमा   खाजा खान जाम भनी ललाई फकाई गरी खेलकुद मैदानमा पार्किङ गरी राखेको ग १ ख ६५९५ नम्बरको बस भित्र लगी जबरजस्ती गर्ने ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बस भित्र लगी बियर समेत सेवन गर्न लगाई ३ जनाले पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा सिआरभी  अमरसिंह चोकबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बिहान ४ बजेको समयमा पक्राउ गरी वडा प्रहरी कार्यालय  रामबजारमा बुझाएको हो ।

पक्राउ पर्नेमा मादी गा.पा. वडा नं. ९ स्थायी घर भएका ३६ वर्षीय  चन्द्र बहादुर थापा , मादी गा.पा. वडा नं.१२ भगवतिटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही स्थानका २९ वर्षीय विनोद परियार रहेका छन् ।

प्रहरीका अनुसार  उनीहरूलाई कास्की जिल्ला अदालतबाट करणी सम्बन्धी कसुर (जबरजस्ती करणी सामूहिक) मुद्दामा ७ दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom