Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न - Brighter khabar


तमानखोला, बागलुङ । 'मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ तमानखोला–१ स्याउलास्थित  बुद्ध आधारभूत विद्यालयमा विविध कार्यक्रम गरि  विश्व रेडक्रस दिवस मनाइएको छ ।  दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण कार्यक्रम सम्पन्न  भएको छ ।


विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूको बुधबार भएको भेलाले कक्षा ८ मा अध्ययनरत छात्र निर्मल सिर्पालीको अध्यक्षतामा १५ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरेको हो ।


सर्कलको उपाध्यक्षमा युवराज सिउथानी, सचिवमा इन्द्र बहादुर बिक, सहसचिवमा रुम कुमारी बिक, कोषाध्यक्षमा डिलकुमारी बिक र सहकोषाध्यक्षमा आयुष घर्ती रहेका छन् ।


त्यस्तै सदस्यहरुमा आरती रोका , पूर्णकुमारी प्रतेल, प्रकाश घर्ती, सोममाया रसाइली, उमादेबी बिक, प्रेम कुमारी बिक, श्यामलाल रसाइली, देब कुमारी बिक र तिर्सना सिर्पाली रहेका छन् । सर्कलका पदाधिकारीहरुलाई विब्यस अध्यक्ष दिलबहादुर बिकले शुभकामना व्यक्त गर्दै  रेडक्रसका सिद्धान्तनुसार काम गर्न सझाब दिनुभएको थियो ।


विद्यालयका प्रधानाध्यापक नन्द प्रसाद घर्ती मगर संरक्षक रहेको उक्त सर्कलको शिक्षक नायकमा प्रकाश अधिकारी र शिक्षक उपनायकमा कुल बहादुर छन्त्याल चयन भएका छन् ।


 विद्यालयका सामाजिक शिक्षक तथा पत्रकार  प्रकाश अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै रेडक्रसको  परिचय, सिद्धान्त, जुरेस गठन प्रक्रिया, साधारणसभा, बैठक तथा अभियाहरुबारे सहभागी विब्यस समिती, शिक्षक–शिक्षिका, विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो । सहजकर्ता अधिकारीले विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभयो । 


शिक्षक कविन्द्र सिउतानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर बिक , समाजसेवी दल प्रसाद पुन, प्रधानाध्यापक नन्द प्रसाद घर्ती मगर , शिक्षकहरु कबिन्द्र सिउतानी,आश महमद हवारी , रामकेश यादव, लालकुमारी बिश्वकर्मा, टकदेबी बिक, बिमला थापा मगरलगायतको उपस्थिति रहेको थियो ।


विश्व रेडक्रस दिवस सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सुत्रपात गर्ने जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । नेपालमा  वि.सं.२०२० भदौ १९ गते  नेपाल रेडक्रस सोसाइटीको  स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार बढी सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom