Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नाबालिकाहरूलाई वेटर भन्दै यौन धन्दामा संलग्न गराएको आरोपमा दुई जना पक्राउ - Brighter Khabar


जेठ १४, नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  रेष्टुरेन्टमा वेटरको काम भन्दै नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दोलखा जिरी नगरपालिका-९ की २५ वर्षीय मञ्जु भन्ने सृजना खनाल तामाङ घिसिङ र नुवाकोट बेलकोटगढी नगरपालिका ४ की २६ वर्षीय निशा भन्ने रमिला नेपाली पक्राउ परेका हुन्  ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार  मित्र पार्क स्थित स्वागतम रेस्टुरेन्ट एन्ड बारबाट ३ जना नाबालिकाहरुको उद्धार गरिएको हो ।

विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचनाका आधारमा  खटिएका ब्युरोको टोलीले नाबालिकाको उद्धार गरी आरोपी दुवै जना महिलालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार  पीडित नाबालिकाहरूलाई दैनिक ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको खुल्न आएको छ । वेटरको काम भन्दै खाजा खान आउने व्यक्तिहरूसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको हो।

ब्युरोका अनुसार  यस घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको  खोजतलास तथा थप अनुसन्धान भइरहेको छ ।

आर्थिक अवस्थाले कमजोर नाबालिकालाई विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom