Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार चर्को गर्मि छल्न पौडी खेल्न गएका ३ युवाले ज्यान गुमाए - Brighter Khabar


जेठ ६, तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका वडा नं. ६ तिलारका २० बर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० बर्षीय हिरा गुरुङ रहेका छन् । हिजो शनिवारनै व्यास नगरपालिका वडा नं ३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ बर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


चर्को गर्मि छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन ।


मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक प्रकृया पुरा गरेपछि आफन्तलाई शव बुझाईने प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom