Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा स्थलगत निबन्ध प्रतियोगिता सम्पन्न - Brighter khabar


पोखरा, जेठ ५ गते ।

हेम्जा साहित्य प्रतिष्ठान नेपालको रजत जयन्तीको सन्दर्भमा आयोजित २२औँ विशेष कार्यक्रम विद्यालय स्तरीय स्थलगत निबन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ । 

माछापुच्छ्रे गाउँपालिका , पोखरा महानगरपालिका वडा नम्बर २५ र १ मा अवस्थित माध्यमिक तहका सात वटा  विद्यालयका १५ जना विद्यार्थीहरू बिच प्रतियोगिता सम्पन्न भएको हो  । 

स्नो भ्यु बोर्डिङकी निर्देशक विष्णु कुमारी अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै साहित्य प्रतिष्ठानले साहित्य बाहेकका अन्य क्षेत्रको विकासमा पनि सक्रियताका साथ अगाडि बढेकोमा खुसी व्यक्त गर्दै सहभागी बिद्यार्थीहरुलाई अनुशासन, लगनशीलता र सहनशीलतालाई आत्मसात् गर्दै अगाडि बढ्न प्रेरित गर्दै सम्पूर्ण विद्यार्थीलाई सफलताको शुभकामना दिएकी थिइन ।

हेम्जा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेलले कार्यक्रममा बोल्दै प्रत्येक विद्यालयमा एक एक वटा विशेष कार्यक्रम लिएर जाने योजना रहेको जानकारी दिएका थिए । उनले जेठ ४ गते सम्पन्न प्रतियोगिताको नतिजा जेठ १० गते सोही स्थानमा प्रकाशित गरी सोही दिन पुरस्कार वितरण गरिने समेत बताए ।    

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रतिष्ठानका सचिव परशुराम अधिकारीले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य दिवाकर पौडेलले स्वागत गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom