जनकपुरधामस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोको साथबाट ८० लाख रुपैयाँ लुटिएको छ।
आज दिउसो जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाने क्रममा उक्त रकम लुटिएको हो ।
प्रहरीका अनुसार पेस्तोल देखाएर तीन जनाको समूहले महतोको साथमा रहेको ८० लाख रुपैयाँ लुटेको हो ।
घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।