Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार , अवस्था गम्भीर - Brighter khabar


स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उहाँ माथि गोली प्रहार भएको हो ।


राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका बेला उहाँ माथी गोली प्रहार भएको थियो ।


गोली लागेर घाइते भएका प्रधान मन्त्रीलाई ततकाल हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँको पेट, हात र खुट्टामा चोट लागेको बताइएको छ ।


उहाँको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom