Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अदालतबाट सजाय सुनाइएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ - Brighter Khabar


पोखरा-  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई कास्की प्रहरीले  पक्राउ गरेको छ । प्रहरीले  कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने वर्ष ३७ का विपिन भन्ने केशव सुनारलाई पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा ११ महिना ८ दिन कैद सजाय, रु.१५,००० जरिवाना र पीडित राहत कोषमा रु.४००  जरिवाना भुक्तान गर्न भनिएको थियो ।

अदालतले कैद सजाय सुनाएपछि फरार रहेका सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जेठ १० गते नौडाँडाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom