Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालयबाट ल्यापटप सहित अन्य विद्युतीय सामाग्री चोरी गर्ने ४ बालकहरू पक्राउ - Brighter Khabar


पोखरा , वैशाख ३० गते  । विद्यालयबाट ल्यापटप चोरी गर्ने ४ जना बालकहरू पक्राउ परेका छन् ।


कास्की पोखरा महानगरपालिका वडा नं. ३३ बरपाण्डेथुम स्थितमा रहेको श्री शान्ति उदय उच्च माध्यमिक विद्यालयको विभिन्न कम्पनीका ल्यापटप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका इलेकट्रोनिक्स डिभाइसहरू चोरी गर्ने ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।


विद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा समेतको ढोका फोरी उनीहरूले सामान चोरी गरेका हुन् ।


 साथै सोही विद्यालयको अन्य ल्यापटप, कम्प्युटर, सिसी क्यामेरा, सिसिटिभी मनिटर, लाइट, प्रोजेक्टर, साउन्ड सिस्टम स्पिकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएको विद्यालयले जनाएको छ ।


पोखरा महानगरपालिका वडा नं. ३३ बस्ने ४ जना बालकहरूलाई ३ वटा बिग्रिएको अवस्थामा, ७ वटा चलु अवस्थामा रहेका ल्यापटप सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा  पाँच दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom