Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट - Brighter Khabar


जेठ ५, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकपानपुरले चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरेको छ ।


सशस्त्र प्रहरी सहायक निरिक्षक जमिरिलाल राउतको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०२-०३-००१ च ५६८८ नम्बरको योद्धा १५ गाडी चुरियामाईमा चेकजाँच गर्ने माछा बरामत गरेको हो ।

दुईवटा ड्रममा लुकाइ ल्याइएको अवस्थामा नेपाल सरकारले प्रतिबन्ध लगाएको चार क्‍वीन्टल मङ्गुर जातको माछा फेला परेको सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर प्रमुख ज्ञान प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।


बरामद गरिएको माछा प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रतिनिधि लगायतको रोहवरमा कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ ।


मङ्गुर माछामा उच्च मात्रामा मर्करी हुने भएकाले खान अयोग्य मानिन्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom