Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगारीका लागि साढे ५९ लाख नेपालीले देश छाडे - Brighter Khabar


जेठ १३ गते। नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख  व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ। 


यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन्। जसमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन्।


आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार २०८० फागुनसम्म वैदेशिक  रोजगारीका लागि ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरीया गएका छन्।जसमध्ये पुरुष ९३.२ प्रतिशत र महिला ६.८ प्रतिशत रहेका छन्। 


वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेका छन्। पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom