Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा अर्जुनचौपारीका थापा मृत अवस्थामा फेला - Brighter Khabar


स्याङ्जा  , जेठ ६ गते ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा  पुरुषको शव भेटिएको छ  । आइतबार करिब ५ बजे तिरको समयमा अर्जुनचौपारी गाउँपालिका वडा नं. ०१ तारे भिरमा पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  प्रवक्ता    एवम्  सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार अर्जुनचौपारी गा.पा. वडा नम्बर १  सिमलचौर बस्ने ४० वर्षीय तारा बहादुर थापा मृत भेटिएका हुन् ।

मृत अवस्थामा पुरुषको शव  फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत सहितको टोली खटिई सो स्थान पुगेको थियो ।

घटना के कसरी भयो भन्ने सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom