Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको प्राइम सहकारीका अध्यक्ष सहित जम्बो टिम पक्राउ - Brighter Khabar


पोखरा, जेठ १ गते । महानगरपालिका-४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२  निक्षेप रकम अपचलन गरेको आरोपमा अध्यक्ष सहित  आज आठ जना पक्राउ परेका छन्  ।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४  गैह्रापाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा-११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा-२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् । 

त्यस्तै सहकारीका कानुनी सल्लाहकार पोखरा-१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष पोखरा-३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा-३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा-८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् । उनीहरूलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिस्ट्रारको कार्यालय पोखराको उजुरीको आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom