Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा कक्षा १० मा पढ्दै गरेका दुई जनाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गयो - Brighter khabar


पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन दुई जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा दुई बालकले ज्यान गुमाएका हुन् ।


पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय सुप्रिम पौडेलको मृत्यु भएको छ । 


जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको विशेष विपद् उद्धार तथा गोताखोर टोलीले युवकको उद्धार गरेको थियो ।

त्यस्तै  पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदीको ज्यान गएको हो । उनी १५ वर्षीय साथी सञ्जय कार्कीसँगै पौडी खेल्न त्यहाँ पुगेका थिए ।


आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागि खटिएको प्रहरी टोलीले उनलाई दिउँसो साढे २ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । पारिवारिक स्रोतका अनुसार सोनमले भर्खरैमात्रै अमरसिंह माविबाट एसइई परीक्षा दिई बसेका थिए ।


दुवै शव हाल गण्डकी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom