Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेपत्ता भएको पाँच महिनापछि युवकको शव यस्तो अवस्थामा भेटियो - Brighter khabar


गत पुस ९ गते चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि वडा नम्बर ५ को नेप्का गाउँ जाने क्रममा बेपत्ता भएको युवकको शव पाँच महिना पछि फेला परेको छ ।


२०८० पुस महिनाको ९ गते गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ जाने क्रममा बेपत्ता भएका चंखेली गाउँपालिका–५ का ३७ वर्षिय बिरजङ तामाङको शव वैशाख पहिलो साता कृपु भिरको तल नदीको छेउमा फेला परेको हो ।


पालिका केन्द्रदेखि वडा नम्बर ५ को नेप्का जाने क्रममा हिडेका तामाङ बिच बाटोबाट बेपत्ता भएको परिवार श्रोतले जनाएको छ । बेपत्ता भएका तामाङको खोजीकार्यका लागि वडा नम्बर ५ का स्थानीय र मेल्छाम प्रहरीचौकीबाट खोजीकार्य गरेपनि नभेटिएको तामाङ आफान्त छक्कबहादुर तामाङले बताउनुभयो ।


वैशाख महिनाको पहिलो साता शव फेला गरेको नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो । कर्णाली नदीको छेउमा पाँच महिनापछि शव फेला परेको तामाङको भनाई छ । माछा मार्न गएका केही युवाहरुले शव भेटाएको उनको भनाई छ ।

Top Post Ad

post bottom ads

Ads Bottom