Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ - Brighter Khabar



लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अङ्ग देखाउन लगाउने जस्ता कार्यमा संलग्न गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन टाइपिङको रोजगारी दिने भन्दै सामाजिक सञ्जाल ‘स्ट्रिप च्याट’ मा बालिकाहरूको अकाउन्ट खोली 

यौन कार्यमा संलग्न गराउने सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौँ माकल बारी बस्ने १९ वर्षीय अञ्जली अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अञ्जलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार माकलवारिबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उनका साथबाट एक-एक थान मोबाइल ल्यापटप र वेब क्याम समेत बरामद भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom