Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नाबालिकालाई यौ'न क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ - Brighter Khabar


जेठ १०, नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले  नुवाकोट ककनी गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले  उनलाई  प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो  ।

लामा  उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

साथै  प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom