Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूजाको प्रसाद लिएर घर पुग्दा कोठाभित्र एक दम्पती मृत अवस्थामा भेटिएपछि - Brighter Khabar


काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय अन्दाजी ६० बर्षका मानबहादुर बल र उहाँकी ५० बर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा फेला परेका हुन्  । 


स्थानीयबासीहरुले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि छिमेकीले किन आएन भनेर फोन गरेको र फोन नउठेपछि पूजामा आएको बोकाको मासुको भाग लिएर  घर जाँदा बल दम्पती मृत अवस्थामा फेला परेका थिए   । 


दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको  छ  । घटनाको प्रकृति र घटनास्थलमा फेला परेको हम्मरले बल दम्पतिको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 


घटनापछि ईलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी घटनास्थल पुगेको छ भने जिल्लाबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom