Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुर्घटनामा ज्यान गुमाएका एक जनाको पहिचान नखुलेपछि परिवार खोज्दै प्रहरी - Brighter khabar


मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वार्ड न-११ स्थित पूर्व-पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गत शुक्रबार राति करिब १० बजे सर्लाहीबाट काठमाण्डौंतर्फ गइरहेको ना ७ ख १६७५ नम्बरको बसले बाटोमा पैदल हिंडिरहेका यात्रुलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो ।


घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बसलाई नियन्त्रणमा लिनुका साथै चालकलाइ हिरासतमा लिएको छ । मृतकको नाम र ठेगाना नखुल्नाले अहिलेसम्म सनाखत हुन सकेको छैन ।


करिब ३५/४० उमेरका जस्ता देखिने ५’६” उचाइ भएका, कलेजी रंगका भेष्ट र खैरो रंगको पाइन्ट लाएका मृतकले खैरो रंगको ब्याग भिर्नुका साथै निलो रंगको चप्पल लगाएका छन् । मृतकलाई अहिले हेटौडा अस्पतालको शवगृहमा राखिएको छ ।


आफन्तहरु केही दिनसम्म पनि सम्पर्कमा नआए कानुनी प्रक्रियामा लागि दाह संस्कार गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनु भयो ।

Top Post Ad

post bottom ads

Ads Bottom