Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अटो अनियन्त्रित भएर सडकबाट खोलामा खस्दा एक जनाको ज्यान गयो - Brighter Khabar


वैशाख २९ गते । दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 


तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान  दुर्घटनामा परेको हो । अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खस्दा गम्भीर घाइते हुनुभएको चालक घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । 

प्रहरीका अनुसार घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom