Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नीति तथा कार्यक्रम बहुमतले पारित - Brighter Khabar

 

जेठ १३ गते । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । 


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकैबेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थियो । सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 


बैठकमा सत्ता पक्षका दलका नेताहरु तथा जनमोर्चा र नेमकिपाका सांसदले छलफलमा भाग लिनुभएको थियो । बैठकमा उठेको जिज्ञासामाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुँदै बैठकमा उठेको विषयलाई सम्बोधनको प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom