Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आठ वर्ष अगाडी घर भित्र्याएकी श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ - Brighter Khabar


पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारको हत्या गरेको आरोपमा उनका श्रीमान् जोखन कँहारलाई प्रहरीले पक्राउ गरेको छ ।

जोखनमाथि  वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी श्रीमतीको  हत्या गरेको अभियोग लागेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुदर्शन पन्थीका अनुसार हिजो  बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट उनलाई पक्राउ गरिएको हो ।

आठ वर्ष अगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् ।  भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग छ महिना अघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् ।

जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप उनीमाथि छ ।

यतिबेला जोखममाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom