Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौडी खेल्ने क्रममा डुबेर बेहोस् भएका भण्डारीओ ज्यान गयो - Brighter khabar


झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


मंगलबार दिउँसो १ बजेको समयमा स्थानीय निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेहोस् भएका भण्डारीलाई स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि वीएण्डसी अस्पताल बिर्तामोड ल्याएको बताइएको छ ।  दिउँसो २ ः ३४ बजे उपचारको क्रममा चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेको प्रहरीले जानएको छ ।


घटनास्थलको मुचुल्का इप्रका काकडभिट्टाको टोलीले सम्पन्न गरिसकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom