Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा अभद्र व्यवहार मुद्दामा रानाभाट पक्राउ - Brighter Khabar


जेठ १ गते , पोखरा । कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ७ बाट  अभद्र व्यवहार मुद्दामा १ जनालाई  पक्राउ गरेको छ । 

गएको वैशाख २८ गते पोखरा महानगरपालिका वडा नं. ७ स्थित रहेको मालपोत कार्यालय अगाडी सार्वजनिक स्थलमा ठगी सम्बन्धी कसुरका जाहेरवाललाई डर धाक धम्की दिई गालीगलौज गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष २६ को सागर रानाभाटलाई पक्राउ गरेको हो । 

रानाभाटलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा  पाँच दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom