Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा अवैध रूपमा चोरी निकासी गर्ने ५ वटा सवारी नियन्त्रणमा - Brighter Khabar


पोखरा, जेठ ६ गते । कास्की प्रहरीले  अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने विभिन्न ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ बाच्छीबुडा स्थित घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले  ग १ ख ६६०९ नं. को मिनी टिपर ग १ त ५४१६ नं. को ट्याक्टर र ग १ त ७०२४ नं. को ट्याक्टर चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेस गर्न नसकेकोले उक्त सवारीहरूलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै  वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका  वडा नं. १ जौवारी स्थितमा नौडाडाबाट पोखरातर्फ ढुङ्गा लोड गरी आउँदै गरेको ग १ क ५३५३ नं. को मिनी टिपर र ना ७ ख ५९१ नं. को टिपरलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारीहरूलाई  आवश्यक कारबाईको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom