Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा लागू औषध सहित १ जना महिला पक्राउ - Brighter Khabar


पोखरा, वैशाख २५   पोखरामा  लागू औषध सहित १ जना महिला पक्राउ परेकी छिन् । 
सोमबार साँझ ६ बजेको समयमा  लागू औषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित कास्की रुपा गाउँपालिका वडा नं. ६ रुपाकोट बस्ने वर्ष २६ की वर्ष गुरुङलाई पक्राउ गरेको हो । 

 पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट विभिन्न लागू औषध फेला परेको हो । गुरुङको साथबाट लागू औषध डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार निजलाई पक्राउ गरी  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १२ दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom