Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इजरायल जानकेयरगिभरमा अन्ठाउन्न जनाको भिसा जारी - Brighter Khabar



जेठ १,  इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवा इजरायलमा रोजगारीका लागि जान थालेका हुन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको विभागले जनाएको छ । 


विभागका महानिर्देशक डण्डुराज घिमिरेले भिसा प्राप्त भएका ५८ युवालाई इजरायल जाने तयारी गर्न सूचना जारी गरिसकेको जानकारी दिनुभयो । 


विभागका अनुसार इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित भिसा तथा करार सम्झौता धमाधम हुन थालेको छ । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर कोटाका सम्बन्धमा छलफल गर्ने जनाउँदै आएको छ । हाल इजरायलमा जिटुजीमार्फत गएका एक हजार १०५ नेपाली कार्यरत छन् । 


घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् । 


सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो । 


नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।   

Top Post Ad

post bottom ads

Ads Bottom