Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सीता एअरको टुइनेटर जहाजले ठक्कर दिँदा एक जना घाइते - Brighter Khabar

 

जेठ १० गते । सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका छन् । 

मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत भाम घाइते भएका  हुन्। 

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले भामलाई ठक्कर दिएको थियो  । 

जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिएको हो । 

घाइते  भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom