Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो - Brighter Khabar


जेठ ५, गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । 


सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom