Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हजार रुपैयाँका नक्कली नोट सहित पाँच जना पक्राउ - Brighter Khabar


५५ हजार नक्कली नोटसहित ५ जना पक्राउ  परेका छन् । कैलाश गाउँपालिका वडा–९ बस्ने वर्ष १८ का सीताराम थिङ सहितको टोलीलाई  नेपाली १ हजार दरका नक्कली नोट सहित पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट हेटौँडा–१४ घर भई वडा–४ मा डेरा गरी बस्ने वर्ष ३७ का सुनिल ढुङ्गानाले दिएको बताएका थिए ।

मकवानपुरको प्रहरी चौकी नाम टारबाट बुधवार खटिएको टोलीले कैलाश गाउँपालिका वडा–९ बस्ने वर्ष १८ का सीताराम थिरसहितको साथबाट नेपाली १ हजार दरका नक्कली नोट बरामद गरेको छ ।

बिहीबार ढुङ्गानाको डेरामा प्रहरीले खानतलासी गर्दा १ हजार दरको नक्कली नेपाली नोट ४२ थान र उनका छोरा वर्ष १८ का रोजलको साथबाट नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ ।  

मकवानपुर गढी गाउँपालिका वडा–४ बस्ने वर्ष २० का सोमराज थोकर र वर्ष २८ का रामेश्वर अर्यालसमेत संलग्न रहेको बताएपश्चात् उक्त नक्कली नेपाली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिई घटनामा संलग्न पाँच जनालाई मुद्दा चलाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom