Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरबाट एक्लै निस्केकी सुभद्रा बेपत्ता , खोजी कार्य गरिदिन परिवारको आग्रह - Brighter Khabar


जेठ १४ गते । धनुषाको ढल्केबरबाट एक जना महिला नौ दिनदेखि बेपत्ता भएकी छन् । मिथिला नगरपालिका–६, ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीय श्रीमती सुभद्रा भन्ने मनकुमारी यादव नौ दिनदेखि बेपत्ता भएकी हुन् ।

जेठ ६ गते दिउँसोबाट उहाँ बेपत्ता रहेको उनको परिवारले जनाएको छ। कोही कसैलाई कुनै जानकारी नदिई घर छोडेर हिँडेको र खोजतलास गर्दा पनि फेला नपरेको परिवारको भनाइ छ ।

बेपत्ता श्रीमती सुभद्राको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उनको परिवारले  उजुरी समेत दिएको छ  ।

सुभद्राको खोजीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ  । प्रहरीका अनुसार  बेपत्ता सुभद्राको खोजतलास भइरहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom