Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनलाइन सट्टेबाजी साथै दुई अर्ब एक करोड अवैध कारोबार गर्ने पक्राउ - Brighter Khabar


वैशाख ३१ गते । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुङ्गाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुङ्गानालाई सार्वजनिक गरिएको हो ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुङ्गानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताउनुभयो ।


११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो । त्यस्तै, १५ वटा वालेट प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।


उहाँले पक्राउ गरिएका ढुङ्गानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom