Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को उत्तर पुस्तिका सहित पार्टी प्यालेसबाट चार जना पक्राउ - Brighter khabar

 

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाटलाई राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित पक्राउ गरेको हो ।

उनिहरुलाई कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै  प्रश्नपत्र सार्वजनिक गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरु विरुद्ध  शिक्षा ऐन २०२८ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom