Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमान् साउदीमा, परपुरुषसँग होटेल गएर मृत भेटिएकी कल्पना छोरी लिएर काठमाडौँ बस्दै आएकी थिइन् - Brighter Khabar


परपुरुषसँग रात बिताउन होटेल पुगेकी युवती कल्पना भण्डारी सुवेदी मृत भेटिए पछि घटना झनै गम्भीर बन्दै गएको छ ।


मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीय कल्पनाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेको र उनी  सानी छोरीलाई लिएर काठमाडौँको बाँसबारीमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।


महाराजगन्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटेलमा बोलाएर कोठामा राख्ने व्यक्ति काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अनित कार्की हुन् ।


कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटेल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् ।


होटेलका स्टाफले दिएको जानकारी अनुसार उनीहरू यसअघि पनि पटक–पटक यसै गरी स्टार जोन होटेलमा रात बिताउन आउने गरेका थिए ।


प्रहरीका अनुसार मृतक युवतीको शरीरको विभिन्न भागमा चोट देखिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom